मेसी पेनाल्टीमा चुके, एमबाप्पेले इन्जुरी समयमा गोल गरेर पीएसजीलाई जिताए

काठमाडाैं– इन्जुरी समयको गोलले पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । 

इन्जुरी समयको चौथो अर्थात ९४औं मिनेटमा एमबाप्पेले गोल गरेका हुन् । सो गोलका लागि नेइमारले सहयोग गरेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

पाहुना टोली रियललाई लगातार दबाबमा राखे पनि गोलका लागि पीएसजीले निकै संघर्ष गर्नुपरेको थियो ।पीएसजीका लागि मेसीले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर ६२औं मिनेटमा प्राप्त पेनाल्टी प्रहारमा उनी चुके । संघर्षपूर्ण खेलकाे अन्तिम समयमा एमबाप्पेले गरेकाे गाेलले रियल स्तब्ध बन्याे । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *