“मैले देखेको समाज”

बर्षातको समय छ। गाउँबेँसीमा रोपाईंको चटारो छ, एकातिर किसानहरूलाई पानीका महानहरू सुकेर रोपाइँ गर्न नपाउँदा निद्रा लागेको छैन भने अर्कातिर देशमा एउटा देखि अर्को काण्डले गर्दा धेरैको नीद हराम भएको वर्तमान अवस्था छ । हामी युवाहरूलाई देशमा भविष्य खोज्ने कि विदेश हुत्तिने रनभुल्ल छ । आखिरकार के गर्ने त ! यसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल हेर्दा कुन चै स्वाभिमानी नेपालीको मन नपोल्दो हो र !

EPIC

हामी एउटा उमेरका सक्रिय युवा बर्गमा एउटा हतासता छाएको वास्तविक वर्तमान स्थिति छ । मेहेनत गरेर पढ्यो हातमा डिग्री बोक्यो अनि के गर्ने त । न त हाम्रो सार्वजनिक शिक्षा जीवनोपयोगी छ न त व्यवसायिक दक्ष जनशक्ति नै पैदा गर्न सक्ने । आधिकांश हामी आम नेपाली एउटा यस्तो पारिवारिक वातावरणबाट आएका छौं जो न त पछि फर्केर जान सक्दछ न त अघि फड्केर नै । हामीसँग पुँजीको त अभाव छँदै छ भने अर्को तर्फ व्यवसायिक वातावरण दिनानुदिन खस्कदो छ । देशलाई राजनीतिले शिथिल बनाएको छ भने यसको जरोले अधिकांश सार्वजनिक निकायहरूलाई काम गर्न नसक्ने बनाएको छ । अब गर्ने के त !
समाज एकातर्फ रूपान्तरणलाई आत्मसाथ गर्दै अघि बडिरहेको छ भने अर्कोतर्फ देशको पुनःसंरचना मार्फत राज्यको विकेन्द्रीकरण थोरैतिनै भए पनि विकास तथा राज्यका निकायहरूमा जनताको सहभागिता बढेको त छ तर केन्द्रिकरणको अवधारणागत तह अनि सहभागिता को परिकल्पना अनुसार अझ पनि कार्यान्वयन हुन सकेको देखिदैन । राज्यको पुनःसंरचना मार्फत विकेन्द्रीकरण राज्यको तीन तहको  संरचना त बनायो तर यसको अधिकार क्षेत्रको कुराले स्थानीय सरकार र केन्द्रिय सरकार जस्तो प्रभावकारी रुपमा प्रदेशको संरचना आम जनमुखी पाउन सकेको छैन । यस्तो अवस्थामा प्रदेश सरकारको संरचनाको भूमिका अब के त ? एउटा पेचिलो विषयमा विमर्श हुन आवश्यक देखिन्छ । अब स्थानीय सरकारलाई थप शक्तिशाली बनाएर केन्द्रिकरणको कार्यान्वयनमा अझ प्रभावकारिता पो ल्याउने हो कि !
शिथिल सार्वजनिक प्रशासन र एउटा झन्झटिलो प्रक्रियाबाट आम जनमानस वाक्क छन् । राज्यका सबैकुरा पुनःसंरचनामा जाँदै गर्दा कतै हामीले राज्यको सबैभन्दा सर्वशक्तिमान् निकायलाई अझै जनमुखी बनाउन त चुकिरहेका छैनौ? जसबाट देशमा सर्भिस डेलिभरी को अवस्थामा त फरकपन आउँछ नै भने सार्वजनिक प्रशासन प्रति युवा बर्गको आकर्षण समेत बढ्दै जाने देखिन्छ । देशमा बढ्दो बेरोजगारीको विकराल अवस्था छ भने उद्योग धन्दा स्थापना गर्नका निमित्त वैदेशिक लगानी कर्ताले अन्तर्राष्ट्रिय मञ्चमा देशको खस्किँदो  साखले गर्दा पर्ख र हेरको स्थिति अपनाएको पाउन सकिन्छ । लगानीको बिग्रदो वातावरणलाई सुधार गर्न आवश्यक कदम चाल्न अब ढिलो गर्न हुन्न जसले अर्थतन्त्र चलायमान त बनाउदैछ नै  भने बढ्दो बिदेसिने क्रमलाई रोजगारी को सिर्जना मार्फत स्वदेशमै रोजगारीमार्फत पुँजी निर्माणमा एउटा कोसे ढुङ्गा साबित समेत हुन सक्दछ ।

EPIC EPIC EPIC

समाजका आम बर्गमा यो युवा घुम्दै बुझ्दै जाँदा अझ पनि दूरदराजका गाउँमा मानिसहरू २०६२ – ६३ को आन्दोलन पश्चात विकासको तिव्रता प्रति खुशी छन् । आधिकांश मानिसले विकासका धेरै अवयवहरूको नजिकबाट अनुभव गर्न पाएका छन् । सूचना प्रविधिको क्रान्ति र सडक सञ्जाललाई जसमा सबैभन्दा प्रमुख मान्न सकिन्छ । विकासका कार्यहरू त भए भलै कति गुणात्मक भए त कति परिमाणात्मक भए त्यसको लेखा जोखा आउने दिनले गर्लान् । विकासलाई एउटा पाटोबाट हेर्ने हो भने उल्लेख्य भएको मान्न सकिन्छ । सार्वजनिक शिक्षाको क्षेत्रमा सरकारले पूर्वाधार तथा जनशक्तिमा उल्लेख्य सुधार गरेको पाउन सकिन्छ तर पनि दुईतिहाइ विद्यार्थी अझै पनि सार्वजनिक  विद्यालयको पहुँच भन्दा टाढा छन्। पर्यटन पूर्वाधार तथा अन्य कुराहरूको विकासक्रमलाई उल्लेख्य मान्न सकिन्छ । सामाजिक सञ्जालमा मानिसहरूको पहुँच बढे सँगै मानिसहरूमा घुमफिर गर्ने परम्परा विकसित भएको छ । जसले गर्दा स्थानीय व्यापारमा केही न केही टेवा पुगेकै छ । यावत कुराहरू भइरहदा समेत हाम्रो युवा बर्ग अझै किन आफूलाई देशमै केही गर्न सकिन्छ भनेर विश्वास दिलाउन सकिरहेको छैन त ! मेरो प्रमुख विमर्श नै यही रहेको छ ।

हामीसँग अथाह सम्भावनाका मार्गहरू छन्। अझ पनि देशमा स्टार्टअप बिजनेशको प्रशस्त सम्भावनाहरू छन्। हाम्रो प्रकृति र खनिज अझ पनि भर्जिन छन् । हामीसँग कृषिलाई दिगो र दर्बिलो  बजारिकरणको माध्यम मार्फत धेरै चेन बिजनेस गर्न सक्ने आधारहरू छन् । आधुनिक पशुपालन तथा साना तथा मझौला स्थानीय उत्पादन मुखी उद्योगधन्दा कलकारखानाहरूको माध्यमबाट हामीले हाम्रो स्थानीय उत्पादनको बजारीकरण गर्न अझै प्रशस्त सम्भावनाका ढोकाहरू रहेको देखिन्छ । राज्यले आफ्ना नीतिहरू समेत समय क्रम सँगै क्रमश परिमार्जित गरि स्वदेशी पुँजी निर्माण तथा परिचालनमा प्राथमिकता दिएको छ । कतै हामी छिटो पाउने अभिलाषामा परिश्रम अनि आफ्नो पन सँग त भाग्दै त छैनौ ! हो एकतर्फ देशमा मडारिँदो कालो क्षितिज छ अनि हामीले देखेको भविष्यका मुना त्यो कालो बादलसँगै कतै ठिँगुरिने पो हुन कि भन्ने डर छ तर त्यो कालो बादल पनि त हाम्रै घर माथि लागेको यथार्थ हो नि । तपाईं हामी एउटा सकारात्मक भावना बोकेका युथ हौ त्यो बादल समय क्रमसँगै एक दिन त हट्ने नै छ अनि हामीले आफ्नो सीप क्षमता तथा सामर्थ्य मार्फत स्वदेशमै  आफ्नोपन मा नौलो समाजको सपना त देख्नु नै छ 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *