मोटरसाइकलमा लुकाएर तस्करी गरिँदै गरेको अवैध मदिरा बरामद

वीरगञ्ज । मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीमा लुकाएर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवैध सोफी मदिरा रौतहट प्रहरीले बरामद गरेको छ।

प्रहरीले इशनाथ नगरपालिका–२ स्थित सार्वजनिक सडकखण्डमा चेकजाँचको क्रममा मदिरा बरामद गरेको हो।

EPIC EPIC EPIC

नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एम ६८८१ र बीआर ०५ एएफ ०७९९ नम्बरको मोटरसाइकल प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको सिटभित्र र तेल ट्याङ्किको मुनि लुकाएर राखेको २५० मि.लि.को एक सय ७५ बोत्तल सोफी मदिरा बरामद गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

चालकहरु भने मोटरसाइकल छाडेर फरार भएको उनले बताइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च