Search
Close this search box.
Search
Close this search box.

मोटरसाइकल चोरेको आरोपमा संखुवासभाको चैनपुरबाट दुई पक्राउ

चैनपुर – मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका घर भएका २० वर्षीय सुनम कार्की र संखुवासभाको चैनपुर घर भएका २१ वर्षीय सन्देश शेर्पा छन् ।

आरोपीहरुले चैनपुर नगरपालिका क्षेत्रबाट चोरी गरेको ६ ओटा मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले बताएका छन् । प्रहरीले साउन १० मा चैनपुर–९ स्थित पिलुवाबाट बा.९६ प ३६०२ नम्बरको मोटरसाइकल सहित सुमन कार्कीलाई पक्राउ गरेको थियो । 

EPIC EPIC EPIC

चोरीको मोटरसाइकलमा सवार सुमनले सो मोटरसाइकल सन्देशले बेचेको बताएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो । चैनपुरबाट मोटरसाइकल चोरेर उनिहरुले तेह्रथुममा लुकाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमसँगको समन्वयमा थप ५ ओटा मोटरसाइकल बरामद गरिएको इन्स्पेक्टर खतिवडाले बताएका छन् । आरोपीहरुलाई प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ । 
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *