मोटरसाइकल दुर्घटनामा घाइते भट्टराईको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ को विकास भट्टराईको मृत्यु भएको छ । उनी आठ दिनअघि दुर्घटनामा परी घाइते भएका थिए ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे उनको मृत्यु भएको हो । गत चैत १ गते राति १२।४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्री पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।

EPIC EPIC EPIC

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च