मोडल कुसुम शर्मा ‘सकम्बरी’को इन्गेजमेन्ट, चितवनमा सम्पन्न समारोह

काठमाडौँ — मोडलिङमार्फत सांगीतिक क्षेत्रमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले मंगलबार प्रेमी विश्वास अधिकारीसँग चितवनमा आयोजित एक पारिवारिक समारोहमा औंठी साटासाट गरेकी हुन्।

समारोहमा दुबै पक्षका परिवारजन र आफन्तजनको उपस्थिति रहेको थियो। दुवैले केही समयदेखि रहेको प्रेमसम्बन्धलाई पारिवारिक सहमतिमा इन्गेजमेन्टमार्फत अगाडि बढाएका हुन्। टिकोटालो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

कुसुम शर्माले ‘सकम्बरी’ गीतमार्फत मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी हुन्। हाल उनी म्युजिक भिडियोका साथै फिल्म अभिनयमा पनि सक्रिय छिन्। निकट भविष्यमै विवाह गर्ने योजना रहेको बुझिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *