मोरङका ७ क्याम्पसको मतपरिणाम सार्वजनिक, अखिल क्रान्तिकारीको अग्रता

विराटनगर। चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङका ७ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ४ वटामा अखिल क्रान्तिकारी विजयी भएको छ भने २ वटामा नेविसंघ र १ वटामा अनेरास्ववियुले जित हासिल गरेका छन्। मोरङका ३ आंगिक र ८ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो। तीमध्ये केही स्थानको मतगणना समेत सम्पन्न भइरहेको छ।

मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भएका छन्। यस्तै, केरावारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्। उर्लाबारी क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका पोषण आचार्य निर्वाचित भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै निर्वाचित भएको छ। पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन्। विराटनगरको डिग्री क्याम्पसमा अखिल क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ। यस्तै, विराटनगर नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पछिल्लो मतपरिणामअनुसार अखिल क्रान्तिकारी नै अगाडि देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *