Search
Close this search box.
Search
Close this search box.

मोरङको रानी भन्सार क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन

विराटनगर। मोरङको बिराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी कडाइका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

EPIC

कोशी प्रदेशको मुख्य नाका रहेको विराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुरसहितको प्रहरीले टोली परिचालन गरी सीमा नाकामा आवतजावत गर्ने शंकित व्यक्तिहरु तथा सवारी साधनलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *