विराटनगर। मोरङको सीमावर्ती धनपालथान गाउँपालिका-७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाएर राखेको १ हजार ५ सय ४८ केजी गाँजा प्रहरीले शुक्रबार बरामद गरेको छ ।Advertisement
उक्त गाँजा भारत निकासीको तयारी गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिंहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
प्रहरीका अनुसार धनकुटा र भोजपुर लगायतका पहाडी जिल्लाबाट गाँजा ल्याएर मोरङका सीमावर्ती नाकाबाट भारत पुर्याउने गिरोह सक्रिय हुँदै आएको छ ।