मोरङमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मोरङ। मोरङको पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न बाँकी छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ गोरखा डिपार्टमेन्ट अगाडि बिहीबार साँझ भएको दुर्घटनामा उर्लाबारीबाट बेलबारीतर्फ जाँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकले अन्दाजी ३०–३५ वर्षीया पैदलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

EPIC EPIC EPIC

गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याइएको थियो। साँझ ७ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिएलगत्तै चालकले ट्रक भगाए पनि प्रहरीले राति बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगलबाट ट्रक नियन्त्रणमा लिएको हो। चालक सुनसरीको रामधुनी नगरपालिका–९ का ४० वर्षीय बलराम चौधरीलाई पक्राउ गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *