Search
Close this search box.
Search
Close this search box.

मोरङ सोराभागका सशस्त्र प्रहरी इन्चार्ज डिएसपी मृत अवस्थामा फेला

मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) उपेन्द्र बस्याल झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन् ।

EPIC

डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘घटनास्थलमा नेपाल प्रहरीका अधिकारीहरू गइरहेका छन्,’ उनले भने, ‘घटनास्थलमा पुगेपछि विस्तृत खबर आउला ।‘

घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको एसपी तिमल्सिनाले बताए । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *