मौसम खराबीका कारण चीनबाट खोप लिएर आएको विमान फिर्ता

काठमाण्डाै – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज साेमवार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलि मङ्गलवारसम्ममा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँबाट १२ लाख एक हजार आठ सय ८७ मात्रा खोप आउन लागेको थियो । 

EPIC EPIC EPIC EPIC EPIC

यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार पाँच सय मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एअरवेजबाट दिउँसो २ बजेर ३५ मिनेटमा त्याे खाेप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो ।

नेपालमा तीन करोड ५४ लाख ६६ हजार नाै सय ८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार एक सय नाै मात्रा खोप लगाइसकिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *