म र मेरो गाउँको कथा

नाम ः दिपेन्द्र लुइटेल
स्कुल ः श्री देविथान मा बि
स्थान ः भोजपुर आम्तेक
भोजपुर सदरमुकाम वाट मोटर बाटो ९ किमि पुर्व

यो चौर, जहाँ आजभन्दा २० वर्षअगाडि मेरा साना–साना नाङ्गा खुट्टाहरु दौडने गर्दथे । अलिकति कक्षा खुला भयो कि यही चौरमा कहिले भालेजुधाइ त कहिले छोइडुम अनि कहिले झुम्राको गोल खेल्दा खुट्टाका नङहरु उक्किन्थे। तर, पनि हरियो दुबोले ढाकेको त्यो मेरो स्कुलको चौरमा मेरा नाङ्गा पैतालाहरु फितिती कुदिरहन्थे। आज अलि धेरै नाङ्गिएर रुखो माटो मात्र देखिने भइसकेछ । अहिले त साँझ परिसक्यो, स्कुल त ४ बजे नै छुट्टी हुन्छ । मौसमी खेलहरु खेल्थ्यौं। अझै पनि खेल्छन् केटाहरु । तर प्रायः सबै अरबतिर गइसके, आजकल त भन्डैझन्डै सुनसान हुँदोरहेछ । मैले शिशुमा क, ख, … सिकाउने मेरा केदार सर अहिले त्यस्तै हुनुहुन्छ, पहिला जस्तो हुनुहुन्थ्या े। ऊ त्यो पल्लोपट्टिको कोठा स्कुलको अफिस, विद्यालयको साइनबोर्ड पनि मक्किएर अफिसभित्रै देखिरहन्थें पोहोर साल । पहिले हामी पढ्दा त अफिसअगाडि साइनबोर्ड अनि छेउमा राष्ट्रिय झन्डा फहराउँथ्यो, सायद आजकल त राख्दैनन् होला ।

EPIC EPIC EPIC EPIC EPIC

यो चौर, त्यो कक्षाकोठा मेरो कथा । चौरमुन्तिरको आँप कटर अनि गुलिया अमला र अन्य फलफुलको झ्याङ एउटा कथा, उतापट्टिको फलैंचा अर्को कथा । अलिपरको आपको बोट एउटा कथा, स्कुलअगाडिको देविथान एउटा कथा अनि मेरो घरदेखि स्कुलसम्म जोडिने गोरेटो वाटो अर्को कथा । मेरो गाउँमा कथैकथा, कति कथा कति कथा ! आफ्नो कथा बोकेर वर्षौंदेखि स्थिर छन्, यहाँका कथाहरु । म द्रवित भइसकें, साँच्चै नै द्रवित बनिसकें यी कथाहरु
हेर्दाहेर्दै। र सोच्छु, मैले यी कथाहरु सार्नैपर्छ, लेख्नैपर्छ।

मेरो गाउँ, कति धेरै माया लाग्छ मलाई मेरो गाउँको । साँच्चै नै म मेरो गाउँलाई असाध्यै माया गर्छु । मलाई मेरो गाउँको मायाले घरीघरी रुवाउँछ । कहिलेकाहीँ म यहींँ हुन्छु, मेरो आफ्नै गाउँमा हुन्छु । तर पनि मैले मेरो गाउँलाई नपाइरहेको आभास हुन्छ । मैले देखेदेखि मेरो गाउँ जस्तो थियो, आज त्यस्तै नै छ । यहाँ एउटा मोटरबाटो राम्रो चाहिने हो तर ट्र्याक जस्तो मात्र छ अरु विकास हुन सकेन त्याहि ट्र्याक खन्दा पनि ठुलावढा हरुले धेरै थिचोमिचो गर्थे । प्रायः सबै पाखेबारी छन्, अखुवा खोला वाट कुलोमा पानि ल्याउनुपर्ने हो । तर, कति हेपिएको मेरो गाउँ, कति गरिब क्या ! हिउँदमा त वासभोटे सम्म यसो गाडी आउँछ, बर्खामा त फेरि यस्तै ।

कहिले क्याम्पस अनि कहिले केके ट्रेनिङ लिन कताकता जाँदाजाँदै आएर बिहे गरियो अनि लगत्तै सदरमुकाममा नै बस्न थालियो । आजसम्म म तलै छु तर मेरो मन भन्छ, ‘यो गाउँलाई मेरो खाँचो छ।’ मलाई आभास हन्छ, ‘पितौलाले मलाई धेरै माया गर्छ।’ जब म यहाँ आउँछु तब मेरो गाउँ हर्षले रोएको महसुस गर्छु । महिनौंपछि आज फेरि गाउँ आइयो । अनि आज यो चौरको बीचमा बसेर म यो कथा लेखिरहेको छु।

उः त्यो आँपको झ्याङमा लटरम्म आँपहरु फल्थे । खुब चोरीचोरी खानेलाई लखटिन्थ्यो अनि आँपधनी आउँदै गरेको देख्यो कि मकैका कलिला बिरुवाहरु माड्दै खुब कुद्थे ।

उः त्यो पल्लो डिलपर्तिर सानो खोल्सो छ अनि यता आउने मूलबाटो । उ त्यो स्कुल देखि माथिल्लो घरको सवैको काका जो हामी बच्चै हुँदा यही चौरमा खुब फुटबल खेल्नुहुन्थ्यो, चुरोट पिउँदै आउनुहुँदैछ । पछाडि–पछाडि १७÷१८ वर्षको सानो चुलबुल केटा छोरो , खितिती हाँसेको सुने ं। बुवालाई झुक्याएर काँधमाथि उफ्रँदोरै’छ, रेला पो गर्दोरै’छ। मेरो नजिकैबाट “कहिले भाइ ?” भन्दै उहाँ जानुभयो, केटो भने मेरो यो लेख्दै गरेको कथाको एकदुईवटा अक्षरहरु मुस्किलले पढ्न थाल्यो, मैले शिर उठाएर ऊतिर हेर्दा ऊ लजाउँदै बुवातिरै कुद्यो । ऊ बुवालाई सोध्दै थियो,

अँ साँच्चि ! म त पत्रकार पनि । त्यो फुच्चेकै उमेरदेखि पत्रिका वेच्न थालेको । उनीहरुले काफी हौसला र प्रशंसा दिन्थे । समाजको हौसलाले मलाई निरन्तरताका लागि प्रेरणा मिलोस् भनेरै होला,

देशप्रतिको मेरो माया र समर्पणलाई सारा देख्नेसुन्नेल मलाई अझ धेरै हौसला दिए र दिँदै छन् । राष्ट्रप्रतिको मेरो त्यागी भावनालाई उनीहरु धन्यवाद दिन्छन् भने उता म मेरो गाउँलाई मुरीमुरी धन्यवाद दिइरहन्छु ।

हो, यिनै मेरा गाउलेको हेपाइले म पत्रकार वने बनें, यिनै वाटो घाटो हिडेर जीवन गुजारा गरिरहेको छु र यिनै ठाउका ती हजार मानिसहरुलाइ देखेर राष्ट्रलाई उपहार चढाउने मेरो लक्ष्यमा साथ दिने देवता मेरो परिवार । म मेरो गाउँप्रति धेरै ऋणी छु । मेरो गाउँका यी माटाका प्रत्येक कणहरुमा लेखिएका कथाहरु, कविताहरु अनि सङ्गीतहरु छ्यासछ्यास्ती छरिएको देख्छु ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *