यती एयरलाइन्सलाई उत्कृष्ट हवाई सुरक्षा कायम गरेको भन्दै अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ। यती एअरलाइन्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन ‘आयटा’बाट उत्कृष्ट हवाई सुरक्षाको मान्यता पाएको छ।आयटाअन्तर्गत स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्टमा उत्कृष्ट भएसँगै यतीले आयटाबाट यस्तो मान्यता पाएको हो।

उक्त मान्यता प्राप्त गर्नु हवाइ सुरक्षा र परिचालन प्रक्रियाहरूको गुणस्तर बढाउन महत्त्वपूर्ण उपलब्धि भएको एयरलाइन्सका सिइओ सुभाष सापकोटाले बताए।

EPIC EPIC EPIC EPIC EPIC

“आयटाको प्रमाणपत्र प्राप्त गर्न पाउँदा हामी धेरै नै गौरवान्वित छौँ। हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धि हो,” उनले भने, “यस उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको छ, साथै यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।”

उड्डयनको क्षेत्रमा यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र दिने गरिन्छ। आयटा कार्यक्रमले प्रमाणपत्र दिनुअघि एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्दछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *