यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन

काठमाडौं – अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन विज्ञहरुले गरेका छन्। डेंगु संक्रमणको विश्वभरको प्रवृति हेर्दा संक्रमण व्यापक भएका स्थानहरुमा एक(दुई वर्षसम्म तीव्र संक्रमण हुने सम्भावना कम हुन्छ।

पुन संक्रमण हुँदा भने त्यस्ता स्थानमा संक्रमणदर उच्च हुने मान्यता अनुसार यसवर्ष काठमाडौंमा डेंगु संक्रमण उच्च हुने विज्ञहरुको धारणा छ।

EPIC EPIC EPIC EPIC EPIC

सरकारले यस वर्ष डेंगु संक्रमण बढ्ने आंकलनसहित तयारी गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे बताउँछन्। सकेसम्म संक्रमण घटाउनका लागि महाशाखाले विभिन्न तहका सरकारसँग छलफल गर्दै सहकार्य गर्ने तयारी गरेको छ।

सन् २००४ मा नेपालमा पहिलो देखिएको डेंगु संक्रमणले सन् २०१० मा महामारीको रूप लिएको थियो। नेपालमा पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण बढ्ने गरेको छ। पानी जम्ने ठाउँमा ‘एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु फैलिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *