यस वर्षको मनसुन अवधिमा विपत्तिमा परी १२८ जनाको मृत्यु

काठमाडौं – यस वर्षको मनसुन अवधिमा विपत्तिमा परी आजसम्म १२८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का कारण एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन्।

सरकारले विपद्मा परेका परिवारलाई आवश्यक राहत तथा पुनर्स्थापना कार्यक्रम संचालन गरिरहेको छ। प्रहरी प्रवक्ता कार्कीले सबै नागरिकलाई सतर्क रहन र विपद् व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *