Search
Close this search box.
Search
Close this search box.

यात्रुबाहक जीप दुर्घटना वाड सदस्य सहित चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा जिप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु भएको छ ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औँलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको हो ।

EPIC

प्रहरीका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन् । उनीहरू सबै बेगका बासिन्दा हुन् ।

गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।

पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ । जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *