Search
Close this search box.
Search
Close this search box.

यात्रुबाहक जीप दुर्घटना हुँदा नवविवाहित जोडी सहित चार जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बैतडीको पाटन बजारबाट पाटन नगरपालिका -७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका- १ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पाटन -७ कैलपालकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनाराको मृत्यु भएको छ । यस्तै पाटन नगरपालिका -१ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले मध्यान्हलाई बताए ।

EPIC

उनीहरुलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् भने घाइते १ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरु सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताए । चालक भने फरार रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *