Search
Close this search box.
Search
Close this search box.

यात्रुबाहक बस दुर्घटना, दुई जनाको मृत्यु २९ घाइते

काठमाडौं । अछामको मङ्गलसेनबाट टीकापुर जाँदै गरेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोलानजिकै आज दिउँसो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका– १४ का ५७ वर्षीय टेक भण्डारी र सोही नगरपालिका– १ का अन्दाजी २२ वर्षीय एकेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

EPIC

दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा परी २९ जना घाइते भएका छन् । घाइते भएकालाई बयालपाटा र जिल्ला अस्पताल मङ्गलसेनमा उपचारमा लागि पठाइएको प्रहरी जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *