Search
Close this search box.
Search
Close this search box.

यात्रुबाहक बस दुर्घटना ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस रोल्पाको माडी गाउँपालिका–२ जलजलामा दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो ।

EPIC

बस बिहीबार बेलुका शहीद मार्गमा पर्ने माडी गाउँपालिका– २ जलजलामा सडकबाट १०० फिट तल खसेको हो ।

दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर र अरुको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि ३ जनालाई जिल्ला अस्पताल लिबाङ ल्याइएको छ भने अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *