युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युनाइटेड अरब इमिरेट्स (युएई)मा आएको बाढीमा परेर एक नेपाली श्रमिकको निधन भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परेर निधन भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उहाँ बाढीमा परेको दूतावासले जनाएको छ । उहाँले सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासको भनाइ छ ।

EPIC EPIC EPIC EPIC EPIC

युएईमा तीन दिनदेखि परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासको भनाइ छ । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *