युद्धग्रस्त इरान–इजरायलमा रहेका नेपाली फर्कन चाहे सरकारले उद्धार गर्ने

काठमाडौं – इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ ।

इरान-इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

परराष्ट्र मन्त्री आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ ।

उनका अनुसार नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको छ ।

यसका लागि सम्बद्ध अरू तीन मन्त्रालयका समेत अधिकारीहरू सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी २४ सै घन्टा काम गर्ने निर्णय पनि भएको छ ।

श्रम मन्त्री शरदसिंह भण्डारीसहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरूले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गरिएको उनले जानकारी दिइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *