युवतीमाथि सामूहिक बलात्कार गर्ने नाबालकसहित तीन जना पक्राउ

विराटनगरमा एकजना युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

EPIC

२५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नाबालक रहेका छन् ।

EPIC EPIC EPIC

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

तामाङ प्रदेश २–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले आइतबार राति युवतीलाई ललाई फकाई विराटनगर बसपार्कमा सामूहिक बलात्कार गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *