युवा संघ र अनेरास्ववियु हल्दिबारी गापाका अध्यक्ष र सचिवद्वारा सामूहिक राजिनामा

बिर्तामोड । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीका अध्यक्ष र सचिवद्वयले सामूहिक राजिनामा दिएका छन । युवा संघका अध्यक्ष अनिल मेचे र सचिव मनोज सुवेदी तथा अनेरास्ववियुका अध्यक्ष बिजय राई र सचिव अभिषेक खतिवडाले सोमबार संयुक्त विज्ञप्ती जारी गरि सामूहिक राजिनामा दिएको जनाएका हुन ।
उनीहरुले आफूहरु पार्टीको जनवर्गीय संगठनमा लामो समयदेखि आवद्ध भइ संघर्ष गरिरहेको अवस्थामा नेकपा एमालेले फरक राजनीतिक आस्था र बिचार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल गरेको कुरा स्विकार्य नभएको विज्ञप्तीमा उल्लेख गरेका छन । पार्टी कमिटी र नेताहरुको हर्कतका कारण आफूहरुले राप्रपाको लागि भोट माग्न र चुनावी कार्यक्रममा सहभागी हुन नसक्ने उनीहरुले जनाएका छन । उनीहरुले अलग राजनीतिक दललाई स्थापित गराउन र आफू र आफ्ना कार्यकर्तालाई सदाका लागि बिस्थापित गराउन नसक्ने भन्दै आजैका मितिदेखि सामूहिक राजिनामा दिएको र  स्वतन्त्र भएको जनाएका छन। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च