झापा – युरो–२०२० अन्तर्गत जर्मनी र हंगेरीबीचको खेलमा एलिनाज एरिनालाई इन्द्रेणी रंगमा रंगाउने प्रस्तावलाई युरोपियन फुटबल महासंघ-युईएफएले अस्वीकार गरिदिएको छ।
म्युनिखका मेयर डायटर रेइटरले हंगेरीमा ल्याइएको नयाँ कानुनको विरोधमा रंगशाला इन्द्रेणी रंगको बनाउने प्रस्ताव गरेका थिए। हंगेरीले समलिंगीलाई प्रोत्साहन गर्ने सामाग्री प्रदर्शनमा रोक लागउनुका साथै १८ वर्षभन्दा कम उमेरमा लिङ्ग परिवर्तन गर्न नपाउने कानुन लागू गरेको छ।