पालिका सन्देश । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले हिजो शुक्रबार स्थानीय सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आएको रगत नपाएको भन्ने गुनासोसहितको भिडियो सामाग्रीमाथी आपत्ती जनाएका छन् । पत्रकारहरुसंग संक्षिप्त भेटघाट गर्दै उनले समाचारमा आएजस्तो कुरा नभएको भन्दै आपत्ती जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यम बुद्धशान्ति साप्ताहिकको टिमलाई रगत अभाव भएको र रगत मागका लागि चारपानेस्थित रेडक्रसको कार्यालयमा पुग्दा निशुल्क रगत नपाएको भन्दै एक भिडियो सामाजिक सञ्जालमा आएको थियो ।
बुुद्धशान्ति गाउँपालिकाले बुधबारे रेडक्रसको समन्वयमा स्थानीय नागरिकका लागि निशुल्क रगत वन्दोबस्ती गर्न हरेक बर्ष ५ लाख रुपैँया रकम उपलब्ध गराउँदै आएको थियो । यस बर्ष पनि उपलबध गराएको रकम रेडक्रसले सम्झौताका तयारी गदैगर्दा भदौ २३ को जेनजी आन्दोलनका क्रममा सम्झौता गर्न ढिलाई भएको तर सम्झौता गर्न ढिलाई भएतापनि स्थानीय नागरिकलाई रगत निशुल्क उपलब्ध गराउन कुनै कसुर बाँकी नरहेको बुद्धशान्ति रेडक्रसका पूर्व अध्यक्ष हरि पोखरेलले जनाएका छन् । उनले यो आर्थिक बर्षको तीन महिनामा करिव ९० जना बुद्धशान्तिका नागरिकलाई निशुल्क रगतको व्यवस्था गरिएको जनाउँदै रगत नपाउने भन्ने कुरै छैन । रगत सबैले पाइन्छ । कोही पनि भ्रममा नपर्न उनले अनुरोध गरेका छन् ।
यता बुद्धशान्ति गाउँपालिका अध्यक्ष प्रसाईले आफूलाई बुद्धशान्ति साप्ताहिकको टिमबाट रगतका लागि कुनैपनि फोन नआएको बताएका छन् । उनले एक स्थानीय शिक्षक पदमप्रसाद खतिवडाको मोवाइल फोनबाट रगत आवश्यक पर्र्यो भनेर फोन आयो तर, साप्ताहिकको टिमाबाट भने रगत आवश्यक परेको जानकारी भएन ।
यता फोनका धनी स्थानीय शिक्षक पदमप्रसाद खतिवडाले पनि आँफूले फोन नगरेको आफूलाई रगत नचाहिएको बताए । तर आफ्नो फोन साप्ताहिक पत्रिकाकै सरोज निरौलले प्रयोग गरेको बताएका छन् । उनले भने–मेरो फोन माघेर लगेर निरौला सरले दुरुपयोग गरे । यो राम्रो गतिविधि होइन । म यसको घोर आपत्ती गर्छु ।


















