काठमाडौं । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी छोड्ने घोषणा गरेकी छन् । नेत्री दर्शनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
नेत्री दर्शनाले पुस ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट पारेकी हुन् । उनले विज्ञप्तिमा भनेकी छन्, “म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु ।”
पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने उनले उल्लेख गरेकी छन् ।
हेर्नुस् नेत्री दर्शनाले जारी गरेको विज्ञप्ति

