रतुवा पुल निर्माणपछि खजुरगाछी–बिराटनगर बस सेवा नियमित

फागुन १४, गौरिगञ्ज। हुलाकी राजमार्गको बहुप्रतिक्षित रतुवा पुल निर्माण सम्पन्न भएपछि गौरीगञ्जको खजुरगाछी बजारसम्म सार्वजनिक बस सेवा नियमित सञ्चालनमा आएको छ। बिराटनगर, रंगेली, आमबाडी लगायत पश्चिम रुटका झण्डै १८ वटा बसहरूले खजुरगाछीबाट सेवा सञ्चालन गर्न थालेका छन्।

यसअघि रतुवा नदीमा पुल नहुँदा गौरीगञ्ज क्षेत्रबाट बिराटनगरलगायतका स्थानहरूमा जान दमक हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता थियो। तर, हुलाकी सडक हुँदै बिराटनगरसम्मको बस सेवा सुचारु भएसँगै गौरीगञ्जदेखि बिराटनगरसम्मको यात्रा झण्डै आधा दुरी छोटिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

बस व्यवसायी लालबहादुर राजवंशी (लाले) का अनुसार खजुरगाछीबाट बिराटनगरका लागि बिहान ५:५० बजेदेखि नै नियमित बस छुट्न थालेको छ। त्यसपछि बिहान ६:३०, ७:००, ८:००, ९:३० बजे र त्यसपछि प्रत्येक आधा घण्टाको अन्तरालमा बस सञ्चालन भइरहेको छ। यस्तै, पश्चिम रुटका लागि खजुरगाछीबाट साँझ ४:१५ बजेसम्म अन्तिम बस छुट्ने उनले जानकारी दिए।

खजुरगाछीबाट नियमित बस सञ्चालन हुन थालेपछि स्थानीय व्यापारीहरू उत्साहित भएका छन्। सुनचाँदी व्यवसायी पदम कटवालका अनुसार पछिल्लो समय खजुरगाछी बजार सुनसान जस्तै बनेको थियो, तर बस सेवा सुरु भएसँगै बजारमा चहलपहल बढेको छ। होटल व्यवसायी शम्भु केसीले बस सञ्चालनले नयाँ होटल तथा लज व्यवसाय फस्टाउने सम्भावना रहेको बताए। त्यस्तै, व्यवसायी बिजेन्द्र मण्डलका अनुसार बिराटनगरबाट व्यवसायिक प्रयोजनका लागि मालसामान ल्याउन अब समय र पैसाको बचत भएको छ।

तर, खजुरगाछीबाट पश्चिम रुटको सार्वजनिक यातायात सञ्चालन भएसँगै महेन्द्रनगर बसपार्क व्यवस्थित गर्ने चुनौती गौरीगञ्ज गाउँपालिकालाई थपिएको छ। गत वर्षदेखि अलपत्र परेको बसपार्क निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने माग स्थानीयहरूले गरिरहेका छन्। निर्माण अधुरो रहँदा पूर्वनिर्मित संरचनाहरू पनि जीर्ण बन्दै गएका छन्। स्थानीय सरकारको प्रभावकारी पहल भएमा खजुरगाछी बजारको आर्थिक गतिविधि थप बढ्न सक्ने व्यवसायीहरू बताउँछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *