रबिलाई खोया हन्नेविरुद्ध चलाइयो अभद्र मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने व्यक्तिविरुद्ध अभद्र मुद्दा चलाइएको छ।

शनिबार पोखराको अम्मरसिंह चौरमा रास्वपाको सभा कार्यक्रममा सभापति लामिछानेलाई मकैको खोयाले हान्ने ३३ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरी अभद्र मुद्दा चलाइएको हो। 

EPIC EPIC EPIC

लम्झुङ राइनास नगरपालिका–८ का रानाभाटलाई प्रक्राउ गरी सोधपुछ गर्दा उल्टै डिउटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरी हातपातसमेत गर्ने प्रयास गरेका हुनाले उनीविरुद्ध अभद्र व्यवहारसम्बन्नी मुद्दा चलाइएको हो। 

उनलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *