रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि बल्ल कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । अदालतको आदेशपछि शुक्रबार राति पक्राउ परेका रविलाई  शनिबार बिहान रुपन्देही ल्याइएको हो । 

गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्धकसमेत रहेका सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर (बुटवल इजलास)ले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो । 

EPIC EPIC EPIC EPIC

अब उनलाई भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा पठाइने छ । 

शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने रुपन्देही प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले लोकान्तरलाई जानकारी दिए । 

‘आज र भोलि सार्वजनिक बिदा छ’ एसपी राठौरले भने, ‘जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलानको प्रक्रिया अघि बढ्छ । त्यसैले आज र भोलि उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ ।’

लामिछानेलाई शुक्रबार राति नै प्रहरीले निवासबाट पक्राउ गरेको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेको भन्दै लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए । सरकारी वकिलको कार्यालय समेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । 

यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । अदालतले जिल्ला आदेशको आदेश सदर गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *