रवि लामिछानेको आरोप: “सरकारले संसद प्रवेशमा रोक लगाउन छलकपट गर्यो”

भैरहवा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई आफूविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका छन्।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले सरकारको कदमप्रति आक्रोश व्यक्त गर्दै भने, “सरकारले मलाई पुर्न भनेर खनेको खाल्डो सानो भएको भए, मलाई मात्र पुर्न मिल्थ्यो, तर सरकारले यति ठूलो खाल्डो खन्यो कि त्यसमा ती सबै जना जाकिन्छन्।”

EPIC EPIC EPIC

जिल्ला अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीका अनुसार लामिछानेको मुद्दाको अर्को सुनुवाइ आगामी वैशाख २३ गते तोकिएको छ। उनले सोमबार अदालतको नम्बर ७ फाँटमा तारिख बुझेका थिए।

गत ५ माघमा जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा रवि लामिछानेसहित २२ जनाविरुद्ध पूरक मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्न सकिने अवस्था नदेखिएको भन्दै एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो।

लामिछानेले सोमबार नै तुलसीपुर उच्च अदालत, बुटवल इजलासमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। उनले साधारण तारेखको माग गरेका छन्। उता, सरकारी वकिलको कार्यालयले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध यसअघि नै पुनरावेदन दिइसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *