Search
Close this search box.
Search
Close this search box.

रवि लामिछानेको पक्षमा २० वकिलले बहस गर्ने, जाहेरवालाबाट पनि थपिन सक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको बयानका लागि आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा बहस गर्न २० जना वकिलले वकालतनामा लिएर अदालतमा जम्मा भएका छन् ।

रविको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ताहरु सुशील कुमार पन्त, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुदीज्ञ पन्त, हरिचन्द्र भट्टराई, टीका ढकाल, गणेश शर्मा, मनिषा गौतम, मधु चौलागाईंसहितका वकिल छन् ।

EPIC EPIC EPIC

जाहेरवालाले पनि कानुन व्यवसायी थपेमा बहस लम्बिने र आदेश आउन ढिलो हुनेछ । बयान लामो नभएमा वा प्रतिवादीका तर्फबाट आउने भनिएका थप कानुन व्यवसायी नआएमा आजै थुनछेकको बहस सकिने बताइएको छ । रास्वपा अनुशासन आयोगका पूर्व उपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपाने अहिले रविको पक्षका वकिललाई वकालतनामा दिने र जम्मा पार्ने काममा सक्रिय छन् । जाहेरवालाले पनि कानुन व्यवसायी थप्ने भनिरहेका कारण उनीहरूका थप कानुन व्यवसायी जम्मा भएमा बहस लम्बिने र आदेश आउन ढिलो वा आज नआउने खतरा रहेको न्यौपाने बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *