रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा ‘हेर्दाहेदै’ राखिएको भए पनि आज सुनुवाइ नहुने भएको छ।

न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भएर नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।

EPIC EPIC EPIC

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डा.सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न नसकेको जानकारी दिए।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदन बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार हेर्न नमिल्ने सूचीमा परेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च