रवि लामिछानेद्वारा कुलमान घिसिङको बर्खास्तीको मौन विरोध, मैनबत्ती बाल्दै असन्तुष्टि

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मौन विरोध जनाएका छन्।

लामिछानेले बलिरहेको बत्ति निभाएर मैनबत्ती बाल्दै आफ्नो असन्तुष्टि जनाएका हुन्। यससँगै उनले सामाजिक सञ्जालमा लेखेका छन्— “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!”

EPIC EPIC EPIC

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। यो निर्णयप्रति सर्वसाधारणदेखि विभिन्न राजनीतिक दलका नेताहरुले आलोचना गरिरहेका छन्।

लामिछानेको यस प्रकारको मौन विरोधलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। घिसिङको बर्खास्तीले ऊर्जा क्षेत्रमा असर पर्ने भन्दै सामाजिक सञ्जालमा समेत मिश्रित प्रतिक्रिया आइरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च