Search
Close this search box.
Search
Close this search box.

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी अलर्ट, आजै एक्शन लिनसक्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले लामिछानेलाई पक्राउ गर्नेगरि तयारी थालेको छ । यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेला पारेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर भएको बेलामा पक्राउ गर्दा पार्टीलाई असर पर्ने भएपछि गृहमन्त्री लेखक त्यतिवेला ब्याक भएको चर्चा छ । प्रधानमन्त्री फर्किएलगत्तै मुलुकले बाढी, पहिरोबाट उत्पन्न विपत्तिको सामना गर्नुपरेको थियो । त्यसलगत्तै दशैं सुरु भएकोले लामिछानेलाई पक्राउ गर्ने काम थाँती रहेको जनाईएको छ ।

EPIC EPIC

अहिले दशैंको बिदा सकिएको र कार्यालयपनि सुचारु हुन थालेकाले कांग्रेस र एमालेका शीर्ष नेताहरु बसेर यो कदम चाल्न लागेका हुन् । गृहमन्त्री लेखकले प्रहरी नेतृत्वलाई तत्काल एक्शन लिन निर्देशन दिएको बताईएको छ । सहकारी छानबिनको लागि गठन गरिएको संसदीय समितिले लामिछानेलाई दोषी देखाएको र कारबाहीको लागि सिफारिश गरिएपछि प्रहरीले पक्राउको लागि तयारी थालेको हो ।

सहकारी ठगी प्रकरणमै रविका व्यवसायिक साझेदार छविलाल जोशी भने पक्राउ परिसकेका छन् । उनी यतिवेला काँस्की प्रहरीको हिरासतमा छन् । उनीमाथि अदालतमा मुद्दा दर्ताको तयारी छ । एउटै प्रकरणमा छवि पक्राउ परिसक्दा रविलाई पक्राउ नगरिएको भनेर सरकारको जनस्तरबाटै आलोचना भैरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *