रवि लामिछाने रुपन्देहीबाट नक्खु कारागार सरुवा गर्ने निर्णय

काठमाडौं । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गर्ने निर्णय भएको छ ।

लामिछानेले सरुवाका लागि निवेदन दिएपछि नक्खु कारागार ल्याउने निर्णय भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विभागका अनुसार कारागार सरुवाको निर्णय गरेर हिजो रुपन्देही कारागारमा पत्र पठाइएको छ र सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइनेछ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा हुनुहुन्छ ।

यसअघि लामिछानेले काठमाण्डौको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिनुभएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *