रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

image search 1680696097430

काठमाडौं। रास्वपाका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय विरुद्ध परेको रिटमा कारण देखाऊ आदेश भएको छ।

बुधवार सर्वोच्च अदालतमा रविको राहदानी दुरुपयोग मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो। माग अनुसार अन्तरिम आदेश भने भएन।

EPIC EPIC EPIC EPIC EPIC EPIC

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा भएको बहसमा रिटकर्ताको पक्षधर अधिवक्ताहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरसँगै उनको नागरिकताको विषय समेत उठाएका थिए। लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदरको मागसँगै लामिछानेले नागरिकता ब्युँताउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएको नदेखिएकाले राजनीतिक अधिकार प्रयोगमा समेत रोक लगाउन माग गरेका थिए।

अमेरिकाको नागरिकता त्याग गरेको ठहर हुने कुनै प्रमाणित निस्सा हालसम्म पनि पेस गर्न नसकेको भन्दै उनीहरूले  मुद्दा नचलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए। मुद्दाको टुङ्गो नलाग्दासम्म लामिछानेलाई कुनै पनि राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग गरिएको थियो।


लामिछानेको तर्फका कानुन व्यवसायीले लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको विषय माघ १३ गते संवैधानिक इजलासबाट लामिछानेको सांसद पद खारेज गर्ने फैसलाले टुङ्गो लागिसकेको बताए। उनीहरुले अमेरिकी नागरिकता त्याग गरेको विषय स्थापित नै रहेको दाबी गर्दै रिट खारेजीको माग गरे।

इजलासले तत्काल अन्तरिम आदेश दिन अस्विकार गर्दै कारण देखाउ आदेश भने जारी गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *