राजतन्त्र पक्षधरहरूले पैसा दिएर ल्याएको मान्छे घट्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश हुकुमी शासन व्यवस्थालाई अन्त्य गर्दै जनताले लडेर ल्याएको गणतन्त्रबाट पछाडि फर्कन सम्भव नरहेको बताएका हुन्।

EPIC EPIC EPIC EPIC

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे।

उनले राजतन्त्र पक्षधरहरुले पहिला दिन पैसा दिएको मान्छे ल्याएको भन्दै दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गएको जिकिर गरे। अब राजतन्त्र फर्काउने नभइ देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउनेबाटोमा अघि बढ्नुपर्ने उनले बताए।

उनले अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन खोजे लात्ताले हान्न सक्ने जिकिर गरे। प्रधानमन्त्री ओलीले संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्ने फेरि राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने धारणा राखे।

उनले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्ने उल्लेख गर्दै प्रणालीमा केही कुरा फेर्न परे यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्ने उल्लेख गरे। उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *