कलम कसैको भएर के भयो ? कबितामा मेरो नाम लेखिदिए पुग्छ !
रचना कसैको भएर के भयो ? काब्य मेरो हो भनि दिए पुग्छ !
संगित कसैको भएर के भयो? गित मेरो गाइ दिए पुग्छ !
संघर्ष कसैको भएर के भयो ? जित मेरो नाममा लेखिदिए पुग्छ !
जित कसैको भएर के भयो ? पुरस्कार पाउने म भए पुग्छ !
आँशु कसैको झरेर के भयो ? दर्दहरु मेरा हुन भनिदिए पुग्छ !
राजनीति कसैले गरेर के भयो ? श्रीपेच मेरो शिरमा भइदिए पुग्छ।
बिचार भन्दा माथि देश!!
लेखक विवेकशील साझा पार्टी प्रदेश नं १ का संयोजक हुन् ।