राजावादीले भोलि उपत्यका बन्द गर्ने घोषणा

काठमाडौँ – राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सोमबार काठमाडौँ उपत्यका बन्दको घोषणा गरेको छ।

समितिले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै भोलि उपत्यका बन्द गर्ने घोषणा गरेको हो।

EPIC EPIC EPIC EPIC

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौंँ। उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु,’ समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै समितिले आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *