राजावादीले साढे २ बजेपछि मात्र प्रदर्शन गर्न पाउने 

राजावादी दलले बिहीबार साढे दुई बजेपछि मात्र प्रदर्शन गर्न पाउने भएका छन् । त्यसअघि एमालेले प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालयले समय तोकेको  छ । 

एमालेले गणतन्त्रको समर्थनमा र विपक्षी राजावादीले विरोधमा गर्ने प्रदर्शनको मिति र स्थान एउटै भएपछि  समय तोकिएको हो ।  जसका लागि जिल्ला प्रशासन काठमाडौंले पटक–पटक जिल्ला सुरक्षा समितिको बैठक राखेको थियो । दुवै दललाई कार्यक्रमको समयमा लचकता अपनाउन आग्रह गरिएको थियो । तर, दुवै पक्षले आफ्नो अडान छाडेका थिएनन् । सोही सन्दर्भमा समितिको बैठक बुधबार बेलुकासम्म चलेको थियो । बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नो प्रदर्शन २ बजेपछि गर्न सहमत भएका थिए । 

EPIC EPIC EPIC EPIC

जिप्रकाका प्रवक्ता अशोककुमार भण्डारीले बिहीबार राजावादीको रत्नपार्कमा हुने प्रदर्शन २ः३० बजेपछि मात्रै हुने बताए । ‘दुवै दलले एकै ठाउँ, एकै समयमा कार्यक्रम गर्ने भएपछि सुरक्षा चुनौती थपियो । यसलाई हटाउन जिल्ला सुरक्षा समितिको पटक–पटक बैठक बस्यो । यसक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल भयो । उहाँ आफ्नो विरोध प्रदर्शन २ बजेपछि गर्न सहमत हुनुभएको छ । त्यसो हुँदा उहाँहरूको कार्यक्रम २ः३० बजेबाट सुरु हुन्छ होला । त्यसअघि नै एमालेको प्रदर्शन सकिनेछ । सोहीअनुसार सुरक्षा प्रबन्ध गर्न सुरक्षाकर्मीलाई निर्देशन भएको छ,’ उनले भने ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कार्यक्रम पूर्वनिर्धारित भएको हुँदा तोकिएकै समयमा तोकिएकै ठाउँमै आयोजना हुने पूर्ववत् अडान कायम रहेको बताए । ‘हाम्रा साथीहरू विभिन्न जिल्लाबाट आउँछन् । काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शन सुरु हुन्छ । रत्नपार्कसम्म पुग्दा १ पनि बज्न सक्छ । हाम्रो विरोध शान्तिपूर्ण हुन्छ । आन्दोलनको कार्यक्रम बिहीबारबाट निरन्तर अघि बढ्छ,’ उनले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *