राजावादीहरूको आन्दोलन तेस्रो दिन पनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव !

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरू प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।

राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए । 

उनले २७ जनाविरुद्ध जिल्ला अदालतमा दोषि ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै  मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै व्यङ्ग्य गरे । 

उनले गणतन्त्रवादीले १६७ वटा काराखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइ रहेको आरोप लगाए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *