राजावादी आन्दोलनप्रति ओलीको कटाक्ष: “थोत्रो विचार, सडेको संस्था”

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनको जिम्मेवारी कसैले नलिएको भन्दै कडा कटाक्ष गरेका छन्।

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनमा हिंसात्मक गतिविधि भएको र त्यसको जिम्मा कसैले नलिएपछि अनुसन्धानमा समस्या भइरहेको बताए। उनले आन्दोलनमा संलग्न समूहहरू राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोके पनि आयोजकका रूपमा कोही खुलेर नआएकोप्रति गुनासो गरे।

EPIC EPIC EPIC EPIC EPIC

प्रधानमन्त्री ओलीले राजतन्त्रको अवधारणालाई ‘थोत्रो विचार’ भन्दै आलोचना गरे। उनले भने, “विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि व्यक्त गर्न पाइन्छ। तर त्यसका लागि म धेरै भन्न चाहन्न। आन्दोलनको आयोजक को हो थाहा छैन। सबैले अस्वीकार गरिरहेका छन्। घर आफैंमा दशा लागेर जलेको हो? कारखानाले आत्मदाह गरेको हो?”

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र फर्काउनेबारे सरकारसँग सम्झौता गर्न गरेको आग्रहप्रति ओलीले आक्रोश व्यक्त गरे। उनले भने, “एउटा पार्टीको अध्यक्षले भनेछन्– कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। कहाँ भाग्ने? सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई धम्की दिने?”

ओलीले आफ्नो नेतृत्वमा सरकार नयाँ ढंगले अघि बढिरहेको दाबी पनि गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *