राजावादी आन्दोलनबाट प्रसाईँ समूहको बहिष्कार

अहिले रत्नपार्कमा राजावादी पार्टी र समूहहरूले गरिरहेको आन्दोलनलाई दुर्गा प्रसाईँ समूहले भने बहिष्कार गरेको छ। प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले एक विज्ञप्ति जारी गर्दै आजको राजावादी प्रदर्शनमा सहभागि नहुने बताएको हो।  

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वमा भएकोले त्यसमा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाअभियान केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे/भए महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिमा आफ्नो समूहका अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा प्रहरी हिरासतमा रहेकाहरूको शीघ्र रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार लागि भने स्थगित गरेको जनाएको छ।  

‘सत्यग्रह आन्दोलन २०८२ जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा गरिने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा लेखिएको छ ।  

प्रसाईँ चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनपछि प्रहरी हिरासतमा छन्। अहिले सबैजसो राजावादी समूहले तीनकुने घटनाको दोष सम्पूर्ण रुपमा प्रसाईँकै टाउकामा हालेर पन्छिन खोजिरहेका छन्। त्यसमा पनि राप्रपा र त्यसका अध्यक्ष राजेन्द्र लिङ्देन प्रसाईँप्रति सकारात्मक छैनन्।  

प्रसाईँ समूह आजको प्रदर्शनमा सहभागी नहुनुमा यही कारणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *