राजा फर्काउँदा प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन तयार छौं : लिङ्देन

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन्।

उनले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थालाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए। अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यता स्थापित गरिने उल्लेख गरे।

EPIC EPIC EPIC EPIC EPIC

यसपटकको आफूहरूको आन्दोलनलाई टुंगोमा पुर्‍याएरै छाड्ने उनले दाबी गरे। केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए। अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताले खाने उनले बताए। उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढूक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे। अध्यक्ष थापाले जनताको उपस्थीतिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापीत गराएरै छाड्ने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *