झापा। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झापा क्षेत्र नम्बर ३ (क) मा करोडौँ रुपैयाँ बराबरका विकास योजनाहरू समेटेको छ। नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको पहलमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिका (वडा नं. ९ र १० बाहेक) मा अघिल्ला वर्षको तुलनामा उल्लेखनीय संख्यामा योजना पारित गरिएका हुन्।
प्रदेशको नीति तथा कार्यक्रमअनुसार प्रत्यक्ष निर्वाचित सांसदले २ करोड ५० लाख रुपैयाँसम्म र समानुपातिक सांसदले १ करोड ५० लाख रुपैयाँ बराबरको योजना पार्न सक्ने व्यवस्था गरिएको छ। यसमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४५ प्रतिशत, सामाजिक विकास मन्त्रालयबाट २० प्रतिशत, खानेपानी तथा सिंचाइ मन्त्रालयबाट १५ प्रतिशत, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट १५ प्रतिशत र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५ प्रतिशत बजेट विनियोजन हुन्छ।
राज्यमन्त्री राजवंशी आफैं भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेकाले आफ्नो क्षेत्रका लागि २० करोड रुपैयाँभन्दा बढीका योजना ल्याउन सफल भएको स्रोतले जनाएको छ।
.jpeg)
झापा क्षेत्र नम्बर ३ (क) मा परेका योजनाहरूको सूचि यस्तो छ ।





