रातभर बन्द मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थाले

काठमाडौं। रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।

पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *