काठमाडौं।देशभर सक्रिय मनसुनी प्रणालीका कारण आज राति र भोलि दिउँसोसम्म अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने अनुमान गरिएको छ।
भोलि दिउँसोको लागि पनि मौसम उस्तै रहनेछ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य स्थानमा थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ।
हाल देशभर मनसुनको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै अवस्थित रहेकाले वर्षा प्रणाली अझै केही दिन सक्रिय रहने अनुमान छ।