राप्रपाको मतदान अझ लम्बिने, मतदान स्थलमा ६ तहको सुरक्षा घेरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा मतदान भइरहेको छ । मतदान भइरहँदा प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

मतदान राति ९ बजे मतदान सकिने भनिए पनि ११ बजेसम्म मतदान हुन सक्ने निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार अझै १३ सय मत खस्न बाँकी छ ।

EPIC EPIC EPIC

बिहानदेखि लाइनमा बसेका मतदाताको पालो अझै आएको छैन । बस्नेतका अनुसार नयाँ प्रविधि भएकाले मतदानमा बढी समय लागेको हो । सबैलाई सिकाउनका लागि बाहिर डेमो राखिएको भए पनि भोट हाल्न हतार गरेकाले बढी समय लागेको उनले बताए ।

महाधिवेशनलक्षित गरी सो क्षेत्रमा ५ सय प्रहरी खटाइएको छ । महानगरीय प्रहरी परिसर टेकुका डीएसपी सुदीपराज शाहीका अनुसार अहिले खटिएको प्रहरीले तेस्रो टोली हो ।’६ वटा सुरक्षा घेरा रहेको छ । ४ वटा घेरा मतदान केन्द्रसम्म पुग्नलाई पार गर्नुपर्छ भने दुई वटा घेरा मतदान कक्षभित्र रहेका छन्,’ शाहीले भने ।

सो क्षेत्रमा प्रहरीले सुरक्षामा कडाइ गरेको छ । मतदान प्रक्रिया नसकिएसम्म यो जारी रहने बताइएको छ । मतगणनामा आवश्यक परे थप कडाइ गरिने बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *