कचनकवल – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले कचनकवल गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रममार्फत् १२५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। बिहीबार वडा नं २ का वडा कमिटि अध्यक्ष हरिनारायण चौहानको अध्यक्षतामा कचनकवल २ वडा कमिटीको आयोजनामा तथा गणेश विष्टको प्रायोजनमा आयोजित उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई खादा र प्रमाणपत्रसहित सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलम, झापा जिल्ला सचिव कुमार थापा, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, पार्टीका पालिका अध्यक्ष लक्ष्मीनारायण यादव, तथा शिक्षा संघ परिषदका अध्यक्ष फाल्गुनी राजवंशी, युवा संगठनका पालिका अध्यक्ष धनबहादुर तामाङ, विद्यार्थी संगठनका पालिका अध्यक्ष विकास शर्मा सहित स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
उक्त सम्मान कार्यक्रममा सहभागी अतिथिहरुले ज्येष्ठ नागरिकहरूको योगदानको चर्चा गर्दै समाजको समृद्धि र विकासमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको कुरा व्यक्त गरेका थिए।